बालेननिकट केपी खनाललाई रास्वपाको टिकट, कैलाली–२ मा उम्मेदवारी

साझा लाल्टिन संवाददाता

काठमाडौँ - सामाजिक अभियन्ता केपी खनाल कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई आगामी फागुन २१ मा हुने निर्वाचनका लागि टिकट दिएको हो ।

मेयर बालेन शाहनिकट मानिने खनाल सरसफाइ अभियानमार्फत चिनिएका अभियन्ता हुन् । बालेन र रास्वपाबीच एकता हुँदा उनी त्यसका प्रत्यक्ष साक्षीसमेत रहेका थिए । यही पृष्ठभूमिमा रास्वपाले खनाललाई चुनावी मैदानमा उतारेको हो ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गर्दै दलहरूले उम्मेदवार छनोट प्रक्रिया तीव्र पारेका छन् भने उम्मेदवार मनोनयन भोलि हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया