बागमतीको मुख्यमन्त्रीमा नियुक्त भए इन्द्रबहादुर बानियाँ

साझा लाल्टिन संवाददाता

 काठमाडौं २० साउन - नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् 

प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीका छैटौं मुख्यमन्त्री हुन् ।

प्रदेशका कुल ११० सांसदमध्ये बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ ।

यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावमार्फत् संसदीय दलको नेताबाट हटाएर बानियाँ दलको नेता हुँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया