बालेन्द्र शाह बने प्रधानमन्त्री

साझा लाल्टिन संवाददाता

१३ चैत,काठमाडौं रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलो घटना हो। साथै, मधेशी समुदायबाट पहिलो पटक नेपालको प्रधानमन्त्री चयन भएको इतिहास पनि बनेको छ।

काठमाडौं महानगरका मेयरबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा भाग लिएका शाह पहिलोपटक संसद् प्रवेश गर्दै प्रधानमन्त्री बनेका हुन्। उनले झापा–५ बाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई करिब ५० हजार मतान्तरले पराजित गरेका थिए।

प्रतिक्रिया