काठमाडौं २९ साउन - काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ ।
यसै क्रममा आज कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाइएको छ ।
स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ ।
14 August 2025