खिजिदेम्बामा नेकपा–जसपा एकजुट, चुनावी तयारी तीव्र

साझा लाल्टिन संवाददाता

काठमाडौं - ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकास्थित फलाटे बजारमा नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच संयुक्त निर्वाचन तयारी तथा विस्तारित बैठक सम्पन्न भएको छ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, चुनावी रणनीति र जनसम्पर्क विस्तारबारे छलफल गरिएको थियो।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी समानुपातिक उम्मेदवार निर्मला श्रेष्ठ, जसपा नेपालका समानुपातिक उम्मेदवार खेमराज खड्का, नेकपाका नेता नेत्र भट्टराई र ज्ञानबहादुर खड्का (जिबी), कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतम, प्रदेशसभा पूर्व सदस्य मोहन खड्का हेमसिखर, जसपा नेपालका केन्द्रीय सदस्य गोम्बु शेर्पालगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले खिजिदेम्बा गाउँपालिकामा संयुक्त चुनावी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया