एमालेको झण्डा जलाइएको भन्दै नेशनल भोलेन्टियर्स फोर्सको चेतावनी

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट लडाकु दस्ता ‘नेशनल भोलेन्टियर्स फोर्स’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका केही शीर्ष नेताबाट पार्टी नेतृत्वमाथि आधारहीन आरोप लगाइएको र पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिलाई अराजक र द्वेषपूर्ण प्रवृत्तिको संकेत भएको उल्लेख गरिएको छ। उनले राजनीतिक असहमति व्यक्त गर्ने नाममा झण्डा जलाउने तथा उत्तेजना फैलाउने कार्य अस्वीकार्य रहेको बताएका छन्।

विज्ञप्तिमा सम्बन्धित घटनामा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले तत्काल कारबाही गर्न माग गरिएको छ। अन्यथा, अराजक गतिविधिविरुद्ध सशक्त प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया