काठमाडौं ३० साउन - भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका थिए तर सरुवा भने भएको थिएन, हाल उनी पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ । नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएको शर्माले बताएका छन् । शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो । उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएको शर्माले बताएका छन् ।
गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री रमेश लेखकले पनि रविकोकारागारसरुवाकोकाम भइरहेको बताएका थिए । शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ ।
रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले रवि लामिछाने लाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउने शर्माले बताएका छन् ।