ओलीको सचिवालयलाई रेनु दाहालले दिइन् चुनौती

साझा लाल्टिन संवाददाता

काठमाडौं २४ असार - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट तथ्यहीन समाचार सम्प्रेषण गरिएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छिन् । 

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख दाहालले आफ्नो सचिवालयबाट प्रधानमन्त्रीको स्पेन भ्रमणको विषयमा अफवाह नफैलाएको समेत बताइन् । 

महानगर प्रमुख दाहालले फेसबुकमा लेखेकी छिन्,'तथ्यहीन समाचार सम्प्रेषण गरिएकोमा आपत्ति सहित गम्भीर ध्यानाकर्षण भएको छ ।

मेयर दाहालको सचिवालयबाट आधिकारिक ढङ्गले अफवाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहन्छु । बरु प्रधानमन्त्रीको सचिवालयले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु ।

र व्यक्ति विशेषका कुरा लिएर अनावश्यक सचिवालयसँग नजोड्न र स्वयं सम्बन्धित व्यक्ति नै जिम्मेवार रहने कुराको समेत ध्यानाकर्षण गर्दछु । धन्यवाद' 


प्रतिक्रिया