हर्कको कारबाहीपछि प्रचण्डको पार्टीमा डा. मित्र परियारको इन्ट्री

साझा लाल्टिन संवाददाता

११ पुस, काठमाडौं - श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार निलम्बनमा परेपछि राजनीतिक यात्रामा नयाँ मोड आएको छ। उनी अब नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान आफ्नै हात्तीवनस्थित निवासमा परियारलाई पार्टी प्रवेश गराएका हुन्।

केही दिनअघि बुटवलमा आयोजित सभामा परियारले दिएको अभद्र अभिव्यक्ति र पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेलाई लक्षित गर्दै गरेको आपत्तिजनक तथा अपमानजनक गालीगलौजपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरेका थिए।

निलम्बनको निर्णयपछि परियारले नयाँ राजनीतिक आश्रय खोज्दै नेकपाको बाटो समातेका हुन्।

प्रतिक्रिया