मोदीले रवि र बालेनसँग टेलिफोनमा गरे कुराकानी, रास्वपाको सफलतामा बधाई

साझा लाल्टिन संवाददाता

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् ।

मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाले हालैको निर्वाचनमा प्राप्त गरेको सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन्।

उनले नेपालमा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताका लागि शुभकामना व्यक्त गर्दै आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गरेका छन्। साथै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।

मोदीले भारत र नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा पनि व्यक्त गरेका छन्।

नेपालमा हालै सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले पार्टीका शीर्ष नेतासँग टेलिफोन वार्ता गर्दै बधाई दिएका हुन्।

प्रतिक्रिया