सामाजिक सञ्जालमा अमर्यादित टिप्पणीविरुद्ध कांग्रेसको सन्देश

साझा लाल्टिन संवाददाता

२२ माघ, काठमाडौं - नेपाली कांग्रेसले पार्टीभित्रको विवाद अन्त्य भइसकेको जनाएको छ। सानेपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एकताबद्ध भएर आगामी निर्वाचनमा केन्द्रित भएको बताए। उनले नयाँ नेतृत्व आएपछि अन्य पार्टीबाट प्रवेश गर्ने र निष्क्रिय रहेका सदस्यहरू समेत फर्किन थालेको उल्लेख गरे।

चालिसेले अर्को दलले बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरेको सूचना पाएर निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको पनि बताए। साथै, उनले सामाजिक सञ्जाल वा अन्य माध्यममा विपक्षी पार्टी तथा नेताप्रति आपत्तिजनक टिप्पणीले स्वस्थ राजनीतिक वातावरणमा नकारात्मक असर पर्ने भएकाले कांग्रेस यस विषयमा सचेत रहेको बताए।

प्रतिक्रिया