बहुमत लक्ष्यसहित एमालेको चुनावी अपिल: ६ लाख ६३ हजार सदस्यलाई ओलीको पत्र

साझा लाल्टिन संवाददाता

११ माघ, काठमाडौ - नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभरका पार्टी सदस्यहरूलाई विशेष अपिल पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको उक्त पत्रमार्फत एमालेले बहुमत सिट जित्नका लागि संगठनलाई चुनावी मैदानमा पूर्ण रूपमा होमिन आग्रह गरेको हो।

पत्रमा ओलीले देश निर्माणका लागि आफ्नो पार्टीलाई बहुमत आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कार्यकर्ता–पंक्तिबाट उच्च मनोबल र सक्रिय सहयोग अपेक्षा गरिएको जनाएका छन्। उनले पार्टीका सबै कमरेडहरूलाई एकजुट भएर चुनावी अभियानमा जुट्न आह्वान गरेका छन्।

पार्टी स्रोतका अनुसार यस्तो अपिल पत्र एमालेका करिब ६ लाख ६३ हजार सदस्यलाई पठाइएको छ। प्रचार विभाग संयोजक मीनबहादुर शाहीले भने, “यो पत्र औपचारिक रूपमा पार्टी सदस्यहरूका लागि भए पनि यसको सन्देश आम मतदातासम्म पुग्ने गरी तयार गरिएको हो।”

एमालेको यो कदमलाई संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउने रणनीतिका रूपमा हेरिएको छ।

प्रतिक्रिया