अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार सक्रिय छ : परराष्ट्र मन्त्री खनाल

साझा लाल्टिन संवाददाता

 २१ चैत,काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानका आधारमा अघि बढाइँदै आएको बताएका छन्। उनले सरकार सबै राष्ट्रसँग सन्तुलित, मैत्रीपूर्ण र शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

काठमाडौंमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको परराष्ट्र नीति स्थायित्व र सहकार्यमा केन्द्रित रहेको उल्लेख गरे।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले समाजलाई अपराधमुक्त बनाउन प्रहरी र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले सुरक्षा कायम गर्न स्थानीय बासिन्दासँग मिलेर काम भइरहेको जानकारी दिए।

त्यसैगरी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानका लागि केन्द्र सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताए।

प्रतिक्रिया