बालेनविरुद्ध साइबर ब्यूरो जाने महाराज गुरुङ्ग विरुद्ध नै प्रहरीमा उजुरी

साझा लाल्टिन संवाददाता

२१ कात्तिक, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ्गविरुद्ध पनि प्रहरीमा जाहेरी विचाराधीन अवस्थामा रहेको खुलेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध २०८१ माघमा जाहेरी परेको पाइएको हो । 

एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी शोभा पाठकले गुरुङ्गसहित मंगल थापा, सुमन पुरीमाथि आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । पाठकले उनीहरुलाई तत्काल कारबाही गर्न माग गरेकोमा परिसरले कानुनबमोजिम गर्नु भन्दै साइबर शाखा पठाइदिएको थियो । 

हालसम्म पनि कारबाहीमा नपरेका उनीहरु आज साइबर ब्यूरो पुगेका हुन् ।

प्रतिक्रिया