काठमाडौं ३० असार - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् । लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।
‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथिति अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ।
प्रचण्डले शिक्षा विधेयक लगायत अन्य विधेयकहरूमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए । दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भने जसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको प्रचण्डले बताए ।
उनले वर्तमान सरकार बन्दै आफूले सुशासनको डरले बनेको भनेर टिप्पणी गर्दै गर्दा सत्ता छोड्नु पर्दाको पीडा र छटपटी भनिएको भन्दै प्रधानमन्त्रीले खरानीको डल्लो नभएको र दुई तिहाइको सरकार हो हेक्का रहोस् भनेर गरेको टिप्पणी एक वर्ष पुग्दा सरकार बिचौलियाको स्वार्थमा छ भन्ने कुरा पुष्टि भएको बताए ।
‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर सत्तारुढ दलकै नेता कार्यकर्ताले भनिरहनुभएको छ’, उनले भने, ‘सरकार सङ्ख्याको भरमा टिकेको त छ तर जनताको भरोसा समाप्त भएको छ ।’