नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।
सिंगापुरमा नियमित स्वास्थ्य उपचार सम्पन्न गरेपछि थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।
देउवाका प्रेस सल्लाहकार गोविन्द परियार का अनुसार हङकङमा उपचार तथा पारिवारिक कार्यक्रम सकेर उनी नेपाल फर्किने कार्यक्रम तय गरिएको छ।