झण्डा जलाउनेलाई निर्वाचनबाट जवाफ दिने पोखरेलको संकेत

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - शंकर पोखरेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा नेकपा (एमाले) को झण्डा जलाइएको घटनाप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले यस किसिमको गतिविधिलाई अराजक र उदण्ड व्यवहारको संज्ञा दिँदै यस्ता कार्य कुनै पनि हिसाबले स्वीकार्य नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउने प्रवृत्ति अपराधसरह भएको उल्लेख गरे। उनले यस्तो कार्य गर्नेहरू सम्मानका पात्र हुन नसक्ने भन्दै जनताले निर्वाचनमार्फत यस्ता तत्वलाई अस्वीकार गर्ने दाबी गरे।

बिहीबार राति रास्वपा सभापति रवि लामिछाने को पर्खाइमा भेला भएका समर्थकहरूबीच एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाइएको थियो। घटनापछि रास्वपाले भने आफ्नो आधिकारिक संलग्नता नरहेको दाबी गर्दै बाहिरी व्यक्तिको घुसपैठका कारण यस्तो घटना भएको जिकिर गरेको छ।

उक्त घटनाले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ भने दलहरूबीच आरोप–प्रत्यारोप पनि तीव्र बनेका छन्।

प्रतिक्रिया