काठमाण्डौ ७ भदौ - सोलुखुम्बुमा घाँस काट्न गएकी एक महिला भालुको आक्रमणबाट घाइते भएकी छिन् ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु नुनथलाकी मनिसा सुनदास आज शनिबार भालुको आक्रमणबाट घाइते भएकी हुन् ।
नुनथला बस्ने राम बहादुर सुनदासका ३२ वर्षीया छोरी मनिसालाई कामी शेर्पाको बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घाइते मनिसालाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । भालुले मनिसालाई दाहिने खुट्टाको पिडौलामा ३ ठाउँमा टोकेको बताइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
तस्बीर : हिमाल एफ-फम
23 August 2025