राधिका शाक्यद्धारा ‘ओली कुटी’ शिलान्यास

साझा लाल्टिन संवाददाता

१८ मंसिर, काठमाडौं - भक्तपुरको गुण्डुमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निम्ति निर्माण हुन लागिएको ‘ओली कुटी’ को औपचारिक निर्माण प्रक्रिया आजबाट सुरु भएको छ। ओलीकी पत्नी राधिका शाक्यले उक्त कुटीको शिलान्यास गर्दै निर्माण कार्यको प्रारम्भ गराएकी हुन्।

शिलान्यास कार्यक्रममा उपस्थित एमाले नेता महेश बस्नेतले निर्माण कार्य छिटो सम्पन्न गरिने जानकारी दिए। सामाजिक सञ्जालमार्फत उनले भने, “ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरू गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ।”

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा बालकोटस्थित ओलीको निजी निवास क्षतिग्रस्त भएपछि उनी गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। त्यसपछि नयाँ स्थायी बसोबासको व्यवस्था स्वरूप ‘ओली कुटी’ निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया