रवि–बालेन वार्तामा अमरेशको प्रवेश, नयाँ शक्तिको एकतामा तीव्र चलखेल

साझा लाल्टिन संवाददाता

१० पुस, काठमाडौं - स्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भइरहेको राजनीतिक संवादमा नयाँ पात्रको प्रवेश भएको छ। निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि ललितपुरमा चलिरहेको छलफलमा सहभागी भएका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयासका रूपमा यो संवाद अघि बढिरहेको बताइएको छ।

त्यस्तै, एकताको दबाब बढाउन जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङसमेत छलफलस्थलमा पुगेका छन्, जसले वार्तालाई थप राजनीतिक अर्थपूर्ण बनाएको छ।

प्रतिक्रिया