गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे कांग्रेसमा छलफल

साझा लाल्टिन संवाददाता

३० पुस, काठमाडौं - नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन कुमार थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल भएको छ । 

एक पदाधिकारीले गठनलाई प्रधानमन्त्रीलाई उम्मेदवार बनाउनेबारे बैठकमा छलफल भइरहेको  बताए । 

यसमा विशेष महाधिवेशन पक्षधर सहमत भएको खण्डमा विवाद मिल्नसक्ने ती पदाधिकारीको भनाइ छ । संस्थापनले यसबारेको प्रस्ताव विशेष महाधिवेशन पक्षधरलाई पठाइसकेको छ । बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । 

प्रतिक्रिया