चुनावपछिको पहिलो संवाद: प्रचण्डले रवि लामिछानेलाई गरे फोन

साझा लाल्टिन संवाददाता

२९ फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चुनाव जितेकोमा बधाईका लागि मोबाइल फोनमा छोटो कुराकानी भएको छ। तर, रास्वपा वरिष्ठ नेता बालेन शाहसँगको भेटघाट पुष्टि भएको छैन।

नेपाली  कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार, बालेनसँग भेट भएको समाचार सत्य होइन। प्रचण्ड र रवि लामिछानेबीच फोनमा मात्र संक्षिप्त संवाद भएको थियो।

त्यसअघि, प्रचण्ड र बालेनबीच बालेनका बुबा रामनारायण शाहको निधनमा प्रचण्डले समवेदना व्यक्त गर्न घर पुग्दा भेट भएको थियो।

चुनावपछि पहिलोपटक, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पनि आज नेपाल–कोरिया मैत्री अस्पतालमा भेटिएका छन्। आचार्यका अनुसार प्रचण्डले कांग्रेस सभापति गगन थापासँग भने कुनै भेट वा संवाद गरेका छैनन्।

प्रतिक्रिया