कञ्चनपुर कारागारभित्र झडप, चिर्पट प्रहारबाट एक थुनुवा घाइते
साझा लाल्टिन संवाददाता
22 March 2026
०८ चैत,काठमाडौं - कञ्चनपुर कारागारभित्र थुनुवाबीच झडप हुँदा एक जना घाइते भएका छन्।
कारागारको ‘ए’ ब्लकमा रहेका वेदकोट नगरपालिका–९ का गणेश विष्टमाथि ‘बी’ ब्लकका शुक्लाफाँटा–९ निवासी भुवन ऐरले चिर्पट प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार विवादका क्रममा भएको प्रहारबाट विष्ट घाइते भएका हुन्। उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार विष्टको अवस्था अहिले खतरामुक्त रहेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।