काठमाडौं २८ साउन - अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल नछुट्ने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर उनी विरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर पठाइएको छ ।
13 August 2025