ओलीको आह्वानबारे झलनाथले भने- बस्ने ठाउँ राम्रो बनाउनु फर्किन के आपत्ति छ र

साझा लाल्टिन संवाददाता

१५ कात्तिक, काठमाडौं - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले सिंगै हुनको लागि अलग भएको प्रतिक्रिया दिएका छन्।

पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि आफूनिकटको भेलामा सहभागी हुन पुगेका खनालले आफूहरू अब पार्टी गठनको प्रक्रियामा अघि बढ्ने बताए।

कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनको लागि छलफल हुने बताए।

एमाले अध्यक्ष केपी ओलीले घर फर्क भन्दै गरेको आह्वानबारे उनले भने, ‘घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो, बस्ने ठाउँ राम्रो बनाउनुभयो भने फर्किन के आपत्ति छ र ?’

प्रतिक्रिया