ओलीलाई समवेदना दिन रेनु–गंगा गुन्डुमा

साझा लाल्टिन संवाददाता

०९ चैत,काठमाडौं नेकपाका संयोजक पुष्पकमल दाहालका छोरीहरू रेनु दाहालगंगा दाहाल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुन्डु पुगेका छन्।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। पारिवारिक शोकको यस घडीमा दाहाल दिदीबहिनीले ओली परिवारलाई भेटेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।

यस क्रममा रेनु दाहालले सामाजिक सञ्जालमार्फत स्वर्गीय मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।


प्रतिक्रिया