काठमाडौँ १५ साउन - नेकपा (एकीकृत समाजवादी) मा गत साउन २ गते समाहित भएका वामपन्थी नेता वामदेव गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन् ।
विगतमा आफू संगठन विभागको सञ्चालन र परिचालनमा प्रमाणित भइसकेको भन्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र उक्त विभागको प्रमुख रहेका बेदुराम भुसालसँग कुरा गरेको बताए । तर, जति अनुरोध गर्दा पनि जिम्मेवारी दिन नमानेको उनले सुनाए ।
‘संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु’, उनले अध्यक्ष नेपालसँग भनेको सुनाए । ‘त्यति भन्दा पनि उनीहरूले मानेनन्, अब के गरौँ, के गरौँ भा’छ’, गौतमले भने । तर, यही कारण पार्टी छाड्ने पक्षमा नरहेको गौतमले बताए ।
भर्खरै गएको पार्टी छोड्न पनि भएन । मैले छोडेँ भने त ‘यो कामै नलाग्ने रहेछ’ भन्छन् नि !’, उनले भने ।