दुर्घटना बढेपछि धोबीखोला करिडोरमा रेलिङ जडान र मर्मत सुरु

साझा लाल्टिन संवाददाता

काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोर क्षेत्रमा बारम्बार दुर्घटना हुन थालेपछि सडक सुरक्षालाई मध्यनजर गर्दै रेलिङ जडान तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र यसअघि भत्किएका रेलिङको मर्मतसम्भार गर्ने काम अघि बढाएको हो।

नदी करिडोर सडकका केही स्थानमा रेलिङ नहुँदा सवारीसाधन दुर्घटनामा पर्ने तथा यात्रु र पैदलयात्री जोखिममा पर्ने अवस्था देखिँदै आएको थियो। पछिल्लो समय दुर्घटना बढेपछि सुरक्षाका उपायका रूपमा रेलिङ जडान र मर्मत कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार करिडोर सडकलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा प्रयोगयोग्य बनाउन चरणबद्ध रूपमा संरचनागत सुधारका कामहरू गरिने छन्।

प्रतिक्रिया