प्रचण्ड र माधव भेट्दै , आजै समानुपातिक सांसदको नाम टुंगो लगाउने

साझा लाल्टिन संवाददाता

०१ चैत,काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदको नाम आज बेलुकासम्म फाइनल गर्ने तयारी गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल दिउँसो २ बजे भेटेर अन्तिम नामावलीको छलफल गर्दैछन्।

प्रचण्ड सचिवालयका अनुसार, ‘कलस्टर मिलाएर कसलाई पठाउने भन्ने टुंगो दिउँसो ४ बजेसम्म लाग्नेछ। त्यसपछि निर्वाचन आयोगमा पठाइनेछ।’

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपाले समानुपातिकतर्फ ९ सिट पाएको छ। निर्वाचन आयोगले दलहरूलाई आज साँझ ५ बजेसम्म अन्तिम नामावली बुझाउन पत्राचार गरेको थियो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै समानुपातिक नाम टुंगो लगाउने तयारी गरेका छन्। एमाले र श्रम संस्कृति पार्टीले भने हिजै नामावली बुझाइसकेका छन्।

प्रतिक्रिया