विश्वप्रकाश शर्माको चुनौती: ओली–बालेनसँग दमकमै बहस गर्न तयार

साझा लाल्टिन संवाददाता

११ फागुन,काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदका उम्मेदवार केपी शर्मा ओली बालेन शाहसँग दमकमा प्रत्यक्ष बहस गर्न तयार रहेको घोषणा गरेका छन्।

नेपाल प्रेस युनियन झापाले धुलाबारीमा आयोजित गरेको  पत्रकार सम्मेलनमा बोल्दै शर्माले भने, “प्रधानमन्त्री पदका दुई जना उम्मेदवार अहिले झापामै हुनुहुन्छ। किन हाम्रो पार्टी सभापति गगन थापा त्यहीँ पठाएर प्रत्यक्ष बहस नगर्ने? उहाँहरूले जुन दिन र समय सुझाउनुहुन्छ, म पार्टी परिचालन समितिको संयोजक भएको हुँदा   राष्ट्रिय मिडियासमेत उपस्थित गराएर बहस गराउँछु।”

शर्माले स्पष्ट पारे, “निर्वाचनलाई उत्तेजना, आवेग वा घृणाको मैदान बनाउन अनुमति छैन। मतदाता झोकमा, रिसमा वा आवेगमा मत नदिनुहोस्। लोकतन्त्रको सम्मान गर्न सबैले विवेकपूर्ण निर्णय गर्नु पर्ने छ।”

यो कदमले स्पष्ट सन्देश दिएको छ कि नेपाली कांग्रेस बहसमा पछि छ , र प्रत्यक्ष संवादमार्फत मतदातासँग निष्पक्ष र पारदर्शी संवाद गर्न तयार छ।

प्रतिक्रिया