१४ कात्तिक, काठमाडौं - काठमाडौँ महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ। शुक्रबार महानगरपालिकाले सो क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो ।
महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गुठी संस्थानको जग्गामा बनेको संरचनाहरू महानगरले भत्काएको हो । ‘अवैध संरचना भत्काइएको हो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर, संरचना बनाइएको थियो । अहिले खाली गरिएको हो,’ उनले भने ।
31 October 2025