१६६३ मतसहित केपी ओली फेरि एमाले अध्यक्ष, प्रतिस्पर्धी पछारिए

साझा लाल्टिन संवाददाता

३ पुष, काठमाडौं - नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई ठूलो अन्तरले पराजित गरे।

यससँगै ओली पार्टी अध्यक्षमा तेस्रो कार्यकालका लागि चयन भएका हुन्। निर्वाचन आयोगका एक सदस्यका अनुसार मतगणनाको औपचारिक तथा अन्तिम नतिजा केही समयभित्र सार्वजनिक गरिनेछ।

निर्वाचन प्रक्रियामा कुल २ हजार २२७ मत खसेको थियो।

प्रतिक्रिया