गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्

साझा लाल्टिन संवाददाता

२३ भदौ,काठमाडौँ - गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । 

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका हुन् ।  

प्रतिक्रिया