सदनमा बोल्न समय मागे रामहरिले , गल्तिको जिम्मेवारी लिदै राजीनामा

साझा लाल्टिन संवाददाता

काठमाडौँ २७ साउन -  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभामा बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका छन् ।

सदन बस्नुअघि उनले सभामुख देवराज घिमिरेसँग भेटेर बोल्न समय मागेको स्रोतले बताएको छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएको थियो । चौतर्फी दबाबपछि सम्भवत: आज उनले सदनमार्फत् राजीनामाको घोषणा गर्न लागेको स्रोतको भनाइ छ ।

प्रतिनिधि सभा बैठकभित्र रहेका खतिवडाले आफू सरसल्लाहमा रहेको बताए ।

खतिवडाले भने–संसदीय विशेष छानवीन समितिले त्यसखालको रिपोर्ट दिएको छ । राजनीतिक नैतिकताको विषय पनि छ । कसै न कसैले त त्यो गल्तिको जिम्मेवारी लिनुपर्ला । यदि यसमा संलग्न र गलत नियतसाथ काम गर्ने कसैले जिम्मा लिदैनन् भने के गर्ने त ? एकछिन पख्नुस् न त ।

प्रतिक्रिया