गरिबीलाई लिएर गृहमन्त्री गुरुङको विवादास्पद भनाइ

साझा लाल्टिन संवाददाता

३० चैत,काठमाडौं,

सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नको जवाफ दिएका छन्। सार्वजनिक विवरणमा उनीसँग जग्गा, सेयर, सवारी र सुनसमेत उल्लेख भएपछि बहस तीव्र बनेको हो।

सोमबार इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले सरकारमा आउनुअघि इमानदारीपूर्वक कमाएको सम्पत्तिलाई भ्रष्टाचारसँग जोडेर हेर्न नहुने बताएका छन्। उनले सार्वजनिक पदमा पुगेर अनियमित तरिकाले सम्पत्ति आर्जन गर्नु मात्रै गलत हुने संकेत गरेका छन्।

आलोचकहरूलाई लक्षित गर्दै उनले लेखेका छन्,‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकथरीले यसलाई मेहनत र वैध कमाइको पक्षमा दिइएको सन्देश भनेका छन् भने अर्काथरीले जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु अहंकारी शैली भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया