धरानमा मेयर हर्क साम्पाङ र अधिकृत बीच भुक्तानी विवाद : लिखित स्पष्टीकरण माग

साझा लाल्टिन संवाददाता

काठमाडौँ २१ असार - धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले एक योजनाको भुक्तानी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण मागेका छन् ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै करिब दुई महिनाअघि सम्पन्न भएको योजनाको भुक्तानी हालसम्म रोकिनुको कारण माग गरेका हुन् । 

पत्र-अनुसार, धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन लगाइएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएकोमा साम्पाङले प्रश्न उठाएका हुन् । 

मेयर साम्पाङले पत्रमा  सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाएका छन् । 

प्रतिक्रिया