काठमाडौं ११ साउन - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भेटेका छन् ।
आज बिहान उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रिय राजनीतिको पछिल्लो परिवर्तित बिषयबारे कुराकानी भएको बताइएको छ ।