सर्वोच्चमा आज कांग्रेस सभापति विवादको सुनुवाइ

साझा लाल्टिन संवाददाता

१ चैत,काठमाडौं गगनकुमार थापालाई नेपाली कांग्रेसको सभापतिका रूपमा आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीश विनोद शर्मामेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दा पेश हुनेछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले, कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको विशेष महाधिवेशनबाट गगनकुमार थापालाई सभापति चयन गरेको निर्णयविरुद्ध अदालतको ढोका ढकढकाएको हो।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दर्ता गराएको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र नयाँ निर्वाचित कार्यसमितिलाई खारेज गर्न माग गरिएको छ।

यस मुद्दा पेशी सूचीको २२ नम्बरमा परेको भए पनि, आज तत्काल सुनुवाइ हुने सम्भावना न्यून रहेको बताइन्छ। यसअघि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै लिखित जवाफ माग गरेको थियो।

अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले संवैधानिक तथा कानुनी जटिलताबारे विस्तृत बहस गराउने निर्णय गरेको छ।

प्रतिक्रिया