काठमाडौँ महानगर प्रहरी प्रमुखको आकस्मिक राजीनामा

साझा लाल्टिन संवाददाता

०२ माघ , काठमाडौँ  -  काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।

माघ ३ गतेसम्म बहाल रहने स्पष्ट पार्दै पाण्डेले प्रहरी नेतृत्व छोडेर सक्रिय राजनीतिमा होमिने संकेत दिएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीसँगै उनको यो कदमलाई चुनावी रणनीतिक चालका रूपमा हेरिएको छ।

प्रतिक्रिया