रातिदेखि खाडीका उडान रद्द यात्रु अलपत्र

साझा लाल्टिन संवाददाता

काठमाडौँ  १०  असार - खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ।

इरानले कतारमा आक्रमण गरेपछि  खाडी मुलुकका उडान रद्द भएका छन् । राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सुचना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् ।

उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।

प्रतिक्रिया