एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक

साझा लाल्टिन संवाददाता

२३ कात्तिक, काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को संयोजकमा घनश्याम भुसाल तोकिएका छन् । वाम एकीकरणको विपक्षमा उभिएका नेताहरूको समूह भुसाललाई संयोजक बनाएर पार्टी पुनर्गठन गर्ने निश्कर्षमा पगेको हो । 

६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले वर्तमान अवस्था र हाम्रो दायित्वको सन्दर्भमा बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकले आगामी मङ्सिर महिनामा हुने राष्ट्रिय भेलाको तयारीका बारेमा व्यापक छलफल गरेको छ ।

(एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी भएपनि भुसाल लगायतका नेता सहभागी भएका थिएनन् ।

पार्टीको बहुमत पक्ष नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदा भुसाल पक्ष पुरानै पार्टी पुनर्गठनको  तयारीमा लागेका  छन् ।  

प्रतिक्रिया