१३ पुस, काठमाडौं - पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष भोलि सोमबार बयान दिने भएका छन् ।
आयोगको कार्यालयमा उक्त घटनाबारे जानकारी गराउन लेखक बिहान ११ बजे उपस्थित हुने उनको सचिवालयले जानकारी दिएको हो । साथै भोलि दिउँसो ४ बजे लेखकले नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन समेत राखेका छन् ।
लेखकलाई पुस ८ गते बयानका लागि आयोगले बोलाएको थियो ।
28 December 2025