१७ मंसिर, काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । सर्वोच्चको परमादेशबमोजिम विश्वासको मत जुटाउन नसकेपछि यादवले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मंगलबार परमादेश जारी गरेको थियो। विश्वासको मत पाउने अवस्था नभएपछि यादवले बुधबार राजीनामा घोषणा गरेका हुन्।
उनले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्रसमेत बुझाइसकेका छन्।
03 December 2025