२७ माघ, काठमाडौं - दार्चुलामा नेपाल प्रहरीका एक हबलदारको रहस्यमय हत्या भएको छ। सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परेका हुन्।
महाकाली नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत घर्ती स्थानीय एक होटलको पछाडि मृत भेटिएको वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिएका छन्।
घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा हत्या गरिएको स्पष्ट संकेत देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
10 February 2026