रास्वपा र कुलमानको एकतामा बालेन साक्षी

साझा लाल्टिन संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङबिच भएको सहमतिमा काठमाडौँ महानगरका मेयर बालेन शाह साक्षी बसेका छन् । 

सोमबार रास्वपा र उनेपाबिच  ७ बुँदे सहमति  भएको छ । मेयर बालेन सोही सहमतिको साक्षी बसेका हुन् । उनीहरूबिच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल, र स्वर्णिम वाग्ले रहने लगायत ७ बुँदे सहमति भएको हो । 


प्रतिक्रिया