६ वैशाख, काठमाडौं,
नेपाली कांग्रेसभित्र नेतृत्व विवादको टुंगो गगनकुमार थापा पक्षमा लागेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक अवस्थामा पुगेको छ।
नयाँ परिस्थितिमा पार्टीभित्र आफ्नो भूमिका र आगामी कदमबारे स्पष्ट रणनीति बनाउन देउवा पक्ष सक्रिय देखिएको छ। यसैक्रममा नेता पूर्णबहादुर खड्काले आन्तरिक परामर्शलाई तीव्रता दिएका छन्।
आइतबार धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा देउवा पक्षका पूर्व केन्द्रीय सदस्यहरू भेला भई पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्। यसअघि पनि खड्काले आफ्नै निवासमा पूर्व पदाधिकारीहरूसँग बैठक गर्दै सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाए पनि त्यसलाई स्वीकार गर्दै अघि बढ्ने सहमति जुटाएका थिए।
आजको बैठकमा खड्कासहित कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरू सहभागी छन्। उनीहरू पार्टीभित्र कसरी प्रस्तुत हुने र आगामी राजनीतिक रणनीति कस्तो बनाउने भन्ने विषयमा केन्द्रित छन्।