काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको लेवी घटाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले लेवी परिमार्जन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार सांसदहरूले अब १५ हजार, मन्त्रीहरूले १८ हजार र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ लेवी तिर्नुपर्नेछ। यसअघि रास्वपाको सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय रुपैयाँ कायम गरेको थियो भने मन्त्री र स्वकीय सचिवको लेवी भने यथावत् राखिएको थियो।
20 April 2026