सुर्खेत–२ बाट नेकपाको उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ चयन

साझा लाल्टिन संवाददाता

११ पुस, काठमाडौं - आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झकबहादुर मल्ल ‘सुदीप’ लाई प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा सिफारिस गरेको छ।

नेकपा जिल्ला कार्य समितिको शुक्रबारको बैठकमा मल्लको नाममा सर्वसम्मत निर्णय भएको हो। मल्ल पूर्व माओवादी जनमुक्ति सेनाका कमाण्डर तथा जिल्ला इन्चार्ज रहिसकेका युवा नेता हुन् र युवाहरूमा लोकप्रियताका लागि परिचित छन्।

सुर्खेत–१ को उम्मेदवार टुङ्गो शनिबारसम्म हुने पार्टी स्रोतले जनाएको छ।

प्रतिक्रिया