पहिलो संघीय संसद अधिवेशन अहिलेकै सरकारले आह्वान गर्ने तयारी

साझा लाल्टिन संवाददाता

०६ चैत,काठमाडौं संघीय संसद्को प्रथम अधिवेशन आगामी चैत १६ गते बोलाउने निर्णय अहिलेकै सरकारले गर्न लागेको छ। यसका लागि आज क्याबिनेट बैठक बस्ने तयारी छ।

सामान्यतया निर्वाचनपछिको पहिलो अधिवेशन नयाँ सरकारले आह्वान गर्ने चलन भए पनि, सरकार गठनमा ढिलाइ हुन सक्ने देखिएपछि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल अधिवेशन बोलाउने निर्णय गरेकी  हुन्। यसअघि अन्तरिम सरकारले अधिवेशन बोलाउने कि नयाँ सरकारले भन्ने विषयमा अन्योल रहेको थियो।

संसद सचिवालयले चैत १२ गते सांसदहरूको शपथ ग्रहणको मिति तय गरिसकेको छ। शपथ ग्रहणपछि नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ। प्रारम्भिक योजना अनुसार चैत १३ गते बालेन्द्र साहलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराइने र त्यसलगत्तै संसद अधिवेशन आह्वान हुने अनुमान गरिएको थियो।

तर, संवैधानिक प्रावधान अनुसार सरकार गठनको सात दिनको अवधिसम्म अधिवेशन बोलाउन सकिने नियमले गर्दा, पहिलो अधिवेशन अहिलेकै सरकारले आह्वान गर्न बाध्य भएको छ।

प्रतिक्रिया