१३ वैशाख, काठमाडौं,
नेपाली कांग्रेस भित्र संसदीय दलको नेता चयन प्रक्रिया जटिल बन्दै गइरहेका बेला पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि तय गरिएको हो।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरूप नाम टुंग्याउने योजना बनाइएको स्रोतले जनाएको छ।
यता, कार्यसम्पादन समिति बैठकपछि सोही दिन दिउँसो १ बजे संसदीय दलको बैठक पनि आह्वान गरिएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार उक्त बैठकबाट संसदीय दलको नेता चयनसम्बन्धी प्रक्रिया अनुमोदन गर्ने कार्यसूची रहेको छ।
26 April 2026